नेभिगेशन
समाज विविध

प्रहरीका लेखापाल दुई लाख घुससहित पक्राउ

काठमाडौं–जिल्ला प्रहरी कार्यालय महोत्तरीका लेखापाल विनोद विष्ट  दुईलाख रुपैयाँ घुससहित पक्राउ परेका छन् । 

बानेश्वरको एक रेष्टुरेन्टबाट उनलाई घुस रकम र चेकसहित नियन्त्रणमा लिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।

आयोगका अनुसार उनको साथबाट घुसबापत सेवाग्राहीसँग लिएको ५० हजार नगद र एक लाख रुपैयाँको चेक बरामद गरिएको छ । भवन निर्माणसम्बन्धी विषयमा घुस रकम र चेक लिँदालिँदै उनलाई पक्राउ गरिएको आयोगले जनाएको छ ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध

चन्द्रकला पौडेल सचिवमा बढुवा