Nic Ad Nic Ad
Nic Ad Nic Ad

बजेट तयारीबारे अर्थमन्त्री महतले गरे पूर्वअर्थमन्त्रीहरूसँग छलफल

शुक्रबार, वैशाख २२, २०८०

काठमाडौं–अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट तयारीकालागि पूर्वअर्थ मन्त्रीहरूसँग छलफल गरेका छन् । 

पूर्वअर्थमन्त्रीहरूले व्यवहारिक बजेट तयार गर्न, खर्च कटौतीमा निर्मम बन्न र नयाँ आयोजनाहरू थप नगर्न सुझाव दिएका छन् ।  

छलफलमा पूर्वअर्थमन्त्रीहरू ज्ञानेन्द्रबहादुर कार्की, डा. प्रकाशचन्द्र लोहनी, डा. युवराज खतिवडा, विष्णु पौडेल र सुरेन्द्र पाण्डे सहभागी थिए । छलफलका क्रममा अर्थमन्त्री डा. महतले अहिलेको जटिल अवस्थालाई सम्बोधन गर्ने गरी बजेट तयार गर्न आफू प्रयासरत रहेको र यसकालागि सबैबाट सहयोग मिल्ने आशा व्यक्त गरे ।  

उनले पूर्वानुमानको तुलनामा धेरै कम राजस्व उठेको अवस्थामा खर्च कटौती गर्ने, प्राथमिकता प्राप्त आयोजनाहरूलाई मात्र बजेट छुट्टाउने र नीजि क्षेत्रको आत्म विश्वास बढाउन आफू लागि परेको जानकारी गराए । 

साथै उनले प्रतिफल नदिने आयोजनामा लगानी नगर्ने र तोकिएको समयमै सम्पन्न हुने, कार्यान्वयन तुरुन्तै गर्न सकिने पूर्वाधार आयोजनालाई प्राथमिकता दिने बताए । अर्थमन्त्री महतले अन्य पूर्वअर्थमन्त्रीहरूबाट समेत निरन्तर सुझाव प्राप्त हुने आशा व्यक्त गरे ।
 

प्रकाशित मिति: शुक्रबार, वैशाख २२, २०८०  १९:३८
प्रतिक्रिया दिनुहोस्