नेभिगेशन
समाज विविध

कोसी, गण्डकी र कर्णालीका पहाडी भागका चट्याङसहित वर्षाको सम्भावना 

काठमाडौँ– आज दिउँसो कोसी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ । 

कोसी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन-चट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

यस्तै राति सुदूरपश्चिम, कर्णाली, गण्डकी र कोसी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ । 

यसैगरी सुदूरपश्चिम, कोसी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन-चट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध

चन्द्रकला पौडेल सचिवमा बढुवा