नेभिगेशन
सुरक्षा–अपराध

ड्युटीमा खटिएका सशस्त्रका सईमाथि खुकुरी हानियो 

काठमाडौँ– कञ्चनपुरमा ड्युटीमा खटिएका सशस्त्र प्रहरीका एक प्रहरी नायब निरीक्षक (सई)माथि खुकुरी हानिएको छ ।

जिल्लाको दोधारा चाँदनी नगरपालिका–७ कञ्चन भोजमा रहेको बोर्डर आउट पोष्ट (बिओपी)का प्रमुख सई नरेन्द्र चैंसिरमाथि शुक्रबार राति खुकुरी प्रहार भएको हो ।

स्थानीय युवाहरूको समूहले खुकुरी प्रहार गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) प्रकाश डाँगीले जानकारी दिए ।

उनका अनुसार राति करिब साढे १० बजेको समयमा घटना भएको थियो ।

स्थानीय युवाको समूहले हो–हल्ला गरिरहेका बेला सम्झाउन खोज्दा चैसिरमाथि खुकुरी प्रहार भएको बताइएको छ । खुकुरी प्रहार गर्ने युवाहरू फरार रहेका छन् । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सुरक्षा–अपराध