Nic Ad Nic Ad
Nic Ad Nic Ad

काश्मिरमा झडप, २ भारतीय सैनिकको मृत्यु

शनिबार, वैशाख २३, २०८०

श्रीनगर– भारत प्रशासित काश्मिरमा शुक्रबार दुई सैनिकको मृत्यु भएको छ । विवादित क्षेत्रमा आतङ्ककारीले विछ्याइएको विष्फोटक पदार्थका कारण मृत्यु भएको सेनाले आरोप लगाएको छ ।

भारतीय सेनाले गत महिनादेखि पाकिस्तानी सीमा नजिकैको रजौरी जिल्लामा विद्रोहीको खोजी अभियान चलाइरहेको छ ।
 
सेनाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘चट्टानी र भिरालो क्षेत्रमा एउटा खोजी टोलीले गुफामा बसेका आतङ्ककारीहरूको एक समूहलाई भेटेको छ ।’

त्यसपछि संदिग्ध विद्रोहीले विष्फोटक पदार्थ विष्फोट गराउँदा दुई जनाको मृत्यु हुनुका साथै अन्य चार सैनिक घाइते भएका थिए । 

सन् २०१९ मा नयाँ दिल्लीले काश्मिरको आंशिक स्वायत्तता खारेज गरेपछि कश्मीरमा केन्द्रविरोधी आक्रोश बढेको छ ।

सन् १९८९ देखि विद्रोही समूहहरूले स्वतन्त्रता वा पाकिस्तानमा विलयको माग गर्दै भारत नियन्त्रित क्षेत्रमा तैनाथ करिब पाँच लाख भारतीय सैनिकसँग लडेका छन् ।

यस क्रममा अहिलेसम्म दशौं हजार सर्वसाधारण, सैनिक र विद्रोही मारिएका छन् ।
 

प्रकाशित मिति: शनिबार, वैशाख २३, २०८०  ११:५८
प्रतिक्रिया दिनुहोस्