नेभिगेशन
समाज विविध

व्यवसायी कँडेल आत्महत्या प्रकरण : आज चितवन बन्द

चितवन –पोल्ट्री व्यवसायी स्थानीय शंकर कँडेलको आत्महत्या प्रकरणमा नाम जोडिएका प्रदीप रुँगटा पक्राउ नपरेको भन्दै शनिबार चितवन बन्द गरिएको छ ।

शंकर कँडेल न्यायिक संघर्ष समितिले गरेको बन्दको प्रभाव राजमार्ग क्षेत्रमा परेको छ । राजमार्गमा ठूला सवारी साधान चलेको छैन । पश्चिमबाट आएका सवारी साधनलाई बन्दकर्ताले गैंडाकोटमा रोकेका छन् ।

छोटो दुरीका गाडी पनि सहज रुपमा चल्न सकेका छैनन् । बन्दकर्ताले पुलचोक, मुग्लिन र खैरहनीलगायतका स्थानमा जम्मा भएर गाडी चलाउन रोकेका छन् ।

कँडेल आत्महत्या गरेको अवस्थामा फेला परेका थिए । उनले ८ पेज लामो सुसाइड नोट लेखेर आत्महत्या गरेका थिए । त्यसमा अनमोल फीड प्रालिका प्रदीप रुँगाटा र जीवन रावलले आत्महत्या गर्न बाध्य पारेको उल्लेख गरेका छन् । रावल प्रहरीको नियन्त्रमा छन् । रुँगाटा फरार छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध

चन्द्रकला पौडेल सचिवमा बढुवा

दानव नदीमा तीन बालक बेपत्ता