नेभिगेशन
समाचार

भुटानी शरणार्थी प्रकरणका विषयमा बालकृष्ण खाणले भने–चरित्र हत्या नगर्नुस्

काठमाडौं–नक्कली भुटानी शरणार्थी प्रकरणमा आफ्नो नाम मुछिएपछि नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाणले चरित्र हत्या नगर्न आग्रह गरेका छन् ।

शनिबार विज्ञप्ति जारी गर्दै पूर्वगृहमन्त्री खाणले व्यक्तिगत चरित्र हत्या हुने हुँदा समाचार सम्प्रेषण नगर्न आग्रह गरेका हुन् ।

खाणले भनेका छन्, ‘आधारहीन, तथ्यहीन र संलग्न हुँदै नभएका घटनामा संलग्न भयो भन्दै र जाँदै नगएका स्थानमा भ्रमणमा गएको भन्ने समाचारले अन्योल उत्पन्न हुने र व्यक्तिगत चरित्रहत्या हुने हुँदा यस्ता समाचार सम्प्रेषित नगरी दिनुहुन अनुरोध छ ।’

नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री खाण पनि मुछिएको भन्दै विभिन्न सञ्चारमाध्यमहरुले समाचार प्रकाशन÷प्रशारण गरेका थिए ।

bak krishna1683356066.JPG

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार