नेभिगेशन
समाज विविध

थप ७६ जनामा कोरोना संक्रमण

काठमाडौं –थप ७६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । 

पछिल्लो २४ घन्टामा देशभरबाट १६०३ नमुना परीक्षण गर्दा ७६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर विधिबाट ५५ र एन्टिजेनबाट १५४८ नमुना परीक्षण गर्दा पीसीआरबाट १ र एन्टिजेनबाट ७५ को रिपोर्ट पोजिटिभ आएको हो ।

यो अवधिमा २६ जना संक्रमित निको भएका छन् । हाल सक्रिय कोरोना संक्रमितको संख्या १३७ पुगेको छ । मन्त्रालयका अनुसार यसमा आरटी पीसीआरको तथ्यांक मात्र समावेश गरिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध