Nic Ad Nic Ad
Nic Ad Nic Ad
सत्ता गठबन्धनको बैठक

प्रधानमन्त्रीले फेरि विश्वासको मत लिनु नपर्ने सत्ता गठबन्धनको निष्कर्ष 

शनिबार, वैशाख २३, २०८०

काठमाडौँ– सत्ता गठबन्धनको बैठकमा  संसद बैठकलाई प्रभावकारी बनाउने विषयमा छलफल भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ बसेकाे सत्ता गठबन्धनको बैठकमा भोलिदेखि चल्ने संसद बैठकलाई प्रभावकारी बनाउने विषयमा छलफल भएको हाे ।

बैठकले भोलिदेखि चल्ने संघीय संसदको बैठक व्यवस्थित रुपमा कसरी अघि बढाउने भन्नेबारेमा कुराकानी भएको नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले बताए । भोलिको बैठकमा सरकारको सिद्धान्त र प्राथमिकताबारे प्रस्तुत गर्ने कार्यक्रम रहेका उनको भनाइ छ।

प्रमुख सचेतक पाण्डेका अनुसार अहिलेको बजेट र नीति तथा कार्यक्रममा के कुरालाई प्राथमिकता दिने भनेर प्रधानमन्त्री  पुष्पकमल दाहाल प्रचण्डले सबैसँग सुझाव मागेका छन् । साथै, संसदीय समिति, प्रधानन्यायाधीश नियुक्ति, नागरिकतालगायतको विधेयकलाई अगाडि बढाउने विषयमा पनि छलफल भएको उनले बताए । 

बैठकले प्रधानमन्त्रीले फेरि विश्वासको मत लिनु नपर्ने निष्कर्ष निकालेको छ । कानुन नभएका कारण प्रधानमन्त्रीले फेरि विश्वासको मत लिनु नपर्ने निष्कर्ष बैठकले निकालेको पाण्डेले बताए ।

सरकारलाई दिएको समर्थन रास्वपाले फिर्ता लिएपछि प्रधानमन्त्रीलाई विश्वासको मत लिनुपर्ने दबाब बढिरहेको छ ।  


 

प्रकाशित मिति: शनिबार, वैशाख २३, २०८०  २०:२१
प्रतिक्रिया दिनुहोस्