सन्दीपविरुद्धको मुद्दामा आज सुनुवाइ हुने
काठमाडौं - क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामा आज पेसी तोकिएको छ।
यस अघि वैशाख ११ गते न्यायाधीश दिपक ढकालको इजलासमा तोकिएको अन्तिम सुनुवाइ जाहेरवालाको तर्फबाट चार कानुन व्यवसायीहरूले बहस गरेपछि स्थगित भएको थियो ।
त्यसपछि आजलाई पुनः पेसी तोकिएको छ । आज पीडितले अन्तरिम राहत माग गर्दै परेको निवेदनमा पनि सुनुवाइ हुनेछ।
प्रकाशित मिति: आइतबार, वैशाख २४, २०८० ०८:४४
प्रतिक्रिया दिनुहोस्