तोलामा १२ सय रुपैयाँ घट्यो सुनको मूल्य
काठमाडौं–स्थानीय बजारमा सुनको मूल्य प्रतितोला एक हजार २०० रुपैयाँ घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुन प्रतितोला एक लाख १० हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ ।
गत बिहीबार छापावाल सुन प्रतितोला एक लाख ११ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । यो हालसम्मकै उच्च मुल्य थियो ।
तेजाबी सुन प्रतितोला एक लाख १० हजार ५० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । बिहीबार तेजाबी सुन प्रतितोला एक लाख ११ हजार २५० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै चाँदीको मूल्य स्थिर छ । चाँदी प्रतितोला एक हजार ४४५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।
प्रकाशित मिति: आइतबार, वैशाख २४, २०८० १२:१४
प्रतिक्रिया दिनुहोस्