Nic Ad Nic Ad
Nic Ad Nic Ad

बलिउड अभिनेता आमिर खान काठमाडौंमा

आइतबार, वैशाख २४, २०८०

काठमाडौं–नयाँ फिल्म ल्याउने योजना बनाइरहेका बलिउडका अभिनेता आमिर खान १० दिनका लागि काठमाडौं आएका छन् ।

अभिनेता खान काठमाडौंको बुढानीलकण्ठस्थित विपश्यना ध्यान केन्द्रमा १० दिन ध्यानमा बस्ने उद्देश्यले आएका हुन् । उनी भिस्तारा एअरको उडान नम्बर युके १५१ मा मुम्बईबाट काठमाडौं आएका हुन् ।

आइतबार बिहान १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका खानलाई व्यवसायी रुप ज्योतिले स्वागत गरे । रुप ज्योति हाल विपस्यना ध्यान केन्द्रका केन्द्राचार्य पनि हुन् ।

ज्योतिले अभिनेता खान ध्यानका लागि नेपाल आएको जानकारी दिदै उनको अन्य कार्यक्रम भने नरहेको बताए । खानलाई विमानस्थलबाट सोझै बुढानीलकण्ठ लगिएको थियो ।

प्रकाशित मिति: आइतबार, वैशाख २४, २०८०  १३:४३
प्रतिक्रिया दिनुहोस्