हास्यकलाकार गौतमले आज ‘साझा मुक्का’ ल्याउँदै
काठमाडौं –हास्य कलाकार सुबोध गौतमले व्यंग्यात्मक कार्यक्रम ‘साझा मुक्का’ ल्याएका छन् । प्रत्येक आइतबार साँझ ७ः३० बजे साझा कथा युट्युव च्यानलमार्फत उनको यो कार्यक्रम आउन लागेको हो ।
‘साझा मुक्का’ कार्यक्रममा विशेषगरी राजनीतिक, सामाजिक व्यंग्यको भावना पाइने कलाकार गौतमले बताए । पछिल्लो समय क्यारिकेचर किङ भनेरसमेत चिनिने कलाकार गौतमले करिब १५० व्यक्तित्वहरूको दुरुस्तै हाउभाउ र बोली नक्कल गर्न सक्छन् । उनले राजनीतिक दलका नेता, कलाकार तथा अन्य राष्ट्रिय तथा अन्तर्राष्ट्रिय व्यक्तित्वहरूको समेत क्यारिकेचर गरिसकेका छन् ।
लोकप्रिय टेलिसिरियल ’सक्किगोनि’ मा एदुमेको भूमिकामा खेलेका कलाकार गौतम आम दर्शकबीच लोकप्रिय कलाकार मानिन्छन् ।
प्रकाशित मिति: आइतबार, वैशाख २४, २०८० १५:५०
प्रतिक्रिया दिनुहोस्