नेभिगेशन
समाचार
गगनकाे आक्रोश

मौन रहेँ, भित्रै आफ्ना मत र अडान राखेँ तर अब त अति भयो : गगन थापा

काठमाडौँ– नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीप्रति लक्षित गर्दै अब अति भएको बताएका छन् । 

आइतबार फेसबुकमा उनले पार्टीको निर्णय र पद्धति मन नपर्दा धेरै पटक प्रतिरोध गर्दा पनि आफूले राखेका विषयले प्रवेश नै नपाएको आक्रोश व्यक्त गर्दै अहिले अति भएको बताएका हुन् ।

उनले घुमाउरो शैलिमा कुनै निश्चित घटना उल्लेख नगरी फेसबुकमा लेखेका छन्, ‘कहिले प्रक्रिया चित्त बुझेन, कहिले पद्धति, कति निर्णयहरू मन परेनन्, कति आफूले राखेका विषयले प्रवेश नै पाएनन्, धेरै पटक लाग्यो प्रतिरोध गरूँ, तर हरेक पटक सोचेँ, म जिम्मेवारी लिएर बसेको छु, एउटा सीमा छ। त्यसैले कहिले मौन रहेँ त कहिले भित्रै आफ्ना मत र अडान राखेँ, लडे, साथीहरूलाई सम्झाएँ तर अब त अति भयो !’

उनले पार्टीका निर्णय मन नपरेको, आफूले राखेका कतिपय विषयले प्रवेश नै नपाएको बेला प्रतिरोध गर्न मन लाग्दा पनि रोकिएको बताएका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार