Nic Ad Nic Ad
Nic Ad Nic Ad

चीन र भियतनामले बेइबु खाडीमा १० करोड माछा छाडे

सोमबार, वैशाख २५, २०८०

नानिङ– चीन र भियतनामका कृषि अधिकारीहरूले शनिबार दिउँसो बेइबु खाडीको पानीमा करिब १० करोड माछा छाडेका छन् ।

दुई देशले संयुक्त रूपम बेइबु खाडीमा माछापालनका स्रोतहरू पुनर्स्थापना गर्ने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रम दक्षिण चीनको गुआङ्सी झुआङ स्वायत्त क्षेत्रको सीमावर्ती शहर फाङ्चेनगङ्मा भएको थियो ।

यस वर्षको कार्यक्रम अन्तर्गत ब्ल्याक सी ब्रीम, येलोफिन सी ब्रीम र झींगा माछा लगायत आठ प्रजातिका जलीय जीवहरूलाई बेइबु खाडीको पानीमा छाडिएको थियो ।

चीन–भियतनाम माछापालन सहयोगको लामो इतिहास रहेको र यस्तै अन्य क्षेत्रमा दुई देशबीचको सकारात्मक अन्तरक्रिया र सहयोगले दुवै पक्षका जनतालाई ठोस लाभ दिएको पनि  कृषि तथा ग्रामीण मामिलाका उपमन्त्री मा यु छ्याङले बताएका छन् ।

सन् २०१७ देखि चीन र भियतनामले बेइबु खाडीमा पाँचवटा समान कार्यक्रमहरू सञ्चालन गरेका छन् जसमा चीनद्वारा २२६ मिलियन भन्दा बढी माछा र झिंगाहरू संरक्षण गरिएको छ । 
 

प्रकाशित मिति: सोमबार, वैशाख २५, २०८०  ०५:४९
प्रतिक्रिया दिनुहोस्