अफगानिस्तानमा हतियार भण्डार फेला
सारी पुल- अफगान सुरक्षा बलले अफगानिस्तानकाे उत्तरी सारी पुल प्रान्तमा हतियारको भण्डारण फेला पारेको छ । साथै त्यहाँबाट विभिन्न प्रकारका हतियार र गोला बारुद बरामद गरेको पनि गुप्तचर महानिर्देशनालय (जिडिआइ)ले आइतबार उल्लेख गरेको छ ।
गोप्य सूचनाको आधारम गुप्तचर कर्मचारीहरूले शनिबार सारी पुल प्रान्तमा अपरेसन शुरी गरेको र दुई मोर्टार र हजारौँ गोली सहित थुप्रै हतियारहरू फेला पारेको बताइएको छ ।
अफगान सुरक्षा बलले पछिल्ला केही दिनहरूमा दक्षिणी उरुजगान र पूर्वी कुनार प्रान्तहरूमा ४० थान राइफलहरू सहित थुप्रै हतियारको भण्डारहरू फेला पारेको छ ।
यस्तै अपरेसनहरूमा सुरक्षा बलले गत हप्ता राजधानी काबुलको प्रहरी जिल्ला १७ मा ठूलै हतियार भण्डार फेला पारेको थियो ।
अफगानिस्तानको कार्यवाहक सरकारले सुरक्षाकर्मी बाहेक जो कोहीसँग रहेका अवैध हतियार र गोलाबारुद नियन्त्रण गर्ने घोषणा गरेको छ ।