नेभिगेशन
अर्थ विविध

प्रतिनिधिसभामा आजदेखि प्री बजेटबारे छलफल

काठमाडौँ– प्रतिनिधिसभामा आजदेखि प्री बजेटका बारेमा प्रारम्भिक छलफल हुने भएको छ । 

आइतबार बसेको प्रतिनिधिसभा कार्य व्यवस्था समितिको बैठकले उक्त आजदेखि तीन दिनसम्म गर्ने निर्णय गरेको हो ।

जसअनुसार वैशाख २५ देखि २८ गतेसम्म प्री बजेटका बारेमा छलफल हुने समितिका एक सदस्यले जानकारी दिए ।

प्री बजेटमाथि आज बिहान ११ बजेदेखि बेलुका ५ बजेसम्म छलफल गरिने छ ।

छलफलको अन्तिम दिन अर्थात वैशाख २७ गते अर्थमन्त्री डा प्रकाशशरण महतले जवाफ दिने गरी कार्य तालिका तय भएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अर्थ विविध