नेभिगेशन
समाचार

प्रधानन्यायाधीश सिफारिसबारे छलफल गर्न आज संवैधानिक परिषद्को बैठक बस्दै

काठमाडौँ– प्रधानन्यायाधीश सिफारिसबारे छलफल गर्न आज संवैधानिक परिषद्को बैठक बस्दैछ । बैठक साँझ ६ बजे बस्न उपसभामुख इन्दिरा राना मगरले जानकारी दिइन् ।

उनका अनुसार गत बैठकको निरन्तरताको स्वरूप आजका लागि बैठक बोलाइएको भए पनि नयाँ थप कार्यसूची भने उल्लेख छैन ।

विगत १५ महिना यता सर्वोच्च अदालतमा प्रधानन्यायाधीश नियुक्ति हुन सकेको छैन । 

चोलेन्द्रशमशेर जबरा अनिवार्य अवकाशमा गएपछि २७ मंसिर २०७९ देखि प्रधानन्यायाधीश पद रिक्त छ । हरिकृष्ण कार्की हाल कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारीमा छन् ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार