नेभिगेशन
समाचार
नक्कली भुटानी शरणार्थी प्रकरण

शरणार्थी प्रकरणबारे रविको चेतावनी– मिलिजुली उम्काउने काम नहोस्

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद रवि लामिछानेले नक्कली भुटानी शरणार्थी प्रकरणलाई आफूहरूले नजिकबाट नियालिरहेको बताएका छन् ।

आज संसदलाई सम्बोधन गर्दै रास्वपाका सभापतिसमेत रहेका उनले दोषीलाई मिलिजुली उम्काउने काम नगर्न चेतावनी दिएका छन् । 

‘दोषी कोही नउम्कििउन् । मिलीजुली एक–अर्कालाई जोगाउने काम नहोस्,’ उनले भने, ‘हामी यसलाई अत्यन्त नजिकबाट नियालिरहेका छन् ।’

ताप्केको बिँड तात्दै गर्दा स्वयम् ताप्के भने सेलाएको भन्दै उनले सरकारको आलोचना गरे ।

‘ताप्केको बिँड तात्यो, तात्दै गरेको ताप्के भने सेलाएको छ,’ उनले थपे । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार