नेभिगेशन
समाचार

ढाकाकुमारको कारबाही कार्यान्वयन नगर्न सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश

काठमाडौँ- सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सांसदबाट पदमुक्त गरेको ढाकाकुमार श्रेष्ठमाथिको कारबाही कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ। 

न्यायाधीश तिलकुमार श्रेष्ठको एकल इजलासले सोमबार श्रेष्ठको रिटमा सुनुवाइ गर्दै यस्तो आदेश दिएको हो। कारबाही गर्नुको कारण पेस गर्न पनि अदालतले भनेको छ।

मन्त्री बन्न पार्टीलाई पैसा बुझाउनु पर्ने भन्दै व्यवसायी दुर्गा प्रसाईँसँग दुई करोड रुपैयाँ मागेको अडियो बाहिरिएपछि उनलाई गत चैत २९ गते पार्टीले साधारण सदस्य समेत नरहने गरी कारबाही गरेको थियो।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार