Nic Ad Nic Ad
Nic Ad Nic Ad

सन्दीप लामिछानेले गराए शल्यक्रिया, चाँडै मैदानमा फर्कने

सोमबार, वैशाख २५, २०८०

काठमाडौँ– नेपाली क्रिकेट टोलीका सदस्य सन्दीप लामिछानेले शल्यक्रिया गराएका छन् । 

उनले सामाजिक सञ्जालमार्फत् लामो प्रतिक्षापछि गराएको शल्यक्रिया सफल भएको जानकारी दिएका हुन् ।  यद्यपि, के कुराको शल्यक्रिया गराएको भन्नेबारे उल्लेख छैन ।

उनले लेखेका छन्, ‘लामो प्रतिक्षापछि शल्यक्रिया सफल भएको छ । शुभकामनाको लागि सबैलाई धन्यवाद। धेरै चाँडै मैदानमा फर्कने आशा!’ 

विगत दुई वर्षदेखि शारीरिक समस्या देखिएपनि उनले औषधि सेवन गर्दै आएको पारिवारिक स्रोतले जानकारी दिएको छ । स्रोतका अनुसार चिकित्सकले दुई हप्तापछि मैदान फर्किन सक्ने बताइएको छ । 

शल्यक्रिया सफल भएकोमा सन्दीपले धेरै चाँडै मैदानमा फर्कने जानकारी दिँदै सुभेच्छुक सबैलाई धन्यवाद दिएका छन् । 

प्रकाशित मिति: सोमबार, वैशाख २५, २०८०  २१:५०
प्रतिक्रिया दिनुहोस्