साउदी अरेबियाको अर्थतन्त्र ३.९ प्रतिशत बढ्यो
रियाद– साउदी अरेबियाको वास्तविक कुल गार्हस्थ्य उत्पादन (जिडिपी) वर्षको पहिलो त्रैमासिकमा ३.९ प्रतिशतले वृद्धि भएको छ । सामान्य प्राधिकरणले जारी गरेको प्रतिवेदनले सोबारे उल्लेख गरेको छ।
प्रतिवेदनले यस वर्षको जनवरी र मार्चको बीचमा गैर(तेल गतिविधिहरूमा ५.८ प्रतिशत र तेल क्षेत्रमा १।३ प्रतिशत वृद्धि भएको देखाएको छ ।
यता मौसमी समायोजन वास्तविक जिडिपीको तथ्याङ्क अनुसार अघिल्लो त्रैमासिकको तुलनामा पहिलो त्रैमासिकमा १.३ प्रतिशतले घटेको छ।
प्रकाशित मिति: मंगलबार, वैशाख २६, २०८० ०६:००
प्रतिक्रिया दिनुहोस्