Nic Ad Nic Ad
Nic Ad Nic Ad

नेपाल छनोट भएको एसिया कप पाकिस्तानमा नहुने सम्भावना बढ्यो, कहाँ सर्दैछ ? 

मंगलबार, वैशाख २६, २०८०

काठमाडौँ– नेपाल छनोट भएको एसिया कप एकदिवसीय क्रिकेट प्रतियोगिता पाकिस्तानमा नहुने सम्भावना बढेको एक भारतीय अनलाइन पोर्टलले दाबी गरेको छ ।

एसियाली क्रिकेट परिषद् (एसिसी)ले उक्त प्रतियोगिता पाकिस्तानबाट श्रीलंकामा सार्न लागेको क्रिकेट कन्ट्री डट कमले दाबी गरेको छ ।

सुरक्षाका कारण भारत पाकिस्तान जान तयार नभएकाले प्रतियोगिता श्रीलंका सार्न लागिएको बताइएको छ ।

यद्यपि, यसको अन्तिम निर्णय भने यसै महिनाको अन्त्यमा हुनेछ । बंगलादेश र अफगानिस्तानले पनि आयोजनाको दाबी गरिरहेको समाचारमा उल्लेख छ ।

यदि, आफूलाई आयोजना गर्नबाट बञ्चित गरिए पाकिस्तानले प्रतियोगिता बहिस्कार गर्ने सम्भावना छ । यस्तोमा युएईले अवसर पाउने सम्भावना रहेको देखिन्छ ।

यस वर्षको एसिया कपमा ६ टोली सहभागी छन् । समूह ‘ए’मा नेपालसहित भारत र पाकिस्तान छन् ।

यस्तै, समूह ‘बी’मा साविक विजेता श्रीलंका, बंगलादेश र अफगानिस्तान छन् ।

एसिसी प्रिमियर कपको फाइनलमा युएईलाई हराउँदै नेपाल एसिया कपमा छनोट भएको हो । नेपालले पहिलोपटक एसिया कप खेल्न लागेको हो । 

यो प्रतियोगिता आगामी सेप्टेम्बरमा हुने तय छ । 
 

प्रकाशित मिति: मंगलबार, वैशाख २६, २०८०  ०७:२३
प्रतिक्रिया दिनुहोस्