पहाडी भागका एक–दुई स्थानमा चट्याङसहित पानी पर्ने, तराईमा हावाहुरी
काठमाडौँ– आज दिउँसो देशको पहाडी भू–भागका आंशिक बदली रही बाँकी भागमा मौसम सामान्यतया सफा रहने छ ।
कोसी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन-चट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ ।
देशका तराई भू–भागका केही स्थानमा सामान्य हावाहुरीको सम्भावना रहेको छ ।
यस्तै, राति देशको पहाडी भू–भागका आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
कर्णाली, गण्डकी र कोसी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन-चट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ ।
प्रकाशित मिति: मंगलबार, वैशाख २६, २०८० ०८:१४
प्रतिक्रिया दिनुहोस्