Nic Ad Nic Ad
Nic Ad Nic Ad

लुम्बिनीमा ‘बुद्धिस्ट इन्टरनेसनल ट्राभल मार्ट’ वैशाख २८ देखि

मंगलबार, वैशाख २६, २०८०

काठमाडौं–लुम्बिनीको पर्यटन प्रवर्द्धनका लाग ‘बुद्धिस्ट इन्टरनेसनल ट्राभल मार्ट’ हुने भएको छ ।

samridhi jewllers

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नेपाल पर्यटन बोर्डको सहयोग तथा नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट (नाट्टा)को आयोजनामा वैशाख २८ देखि ३० गतेसम्म ट्राभल मार्ट हुन लागेको हो ।

‘एक्सप्लोर द बुद्ध ल्यान्ड’ भन्ने मूल नाराका साथ हुन लागेको उक्त ट्राभल मार्ट सम्पन्न गर्नका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिवको अध्यक्षतामा समिति समेत गठन गरिएको छ ।

मार्टमा नेपालका पर्यटनसँग सम्बन्धी संस्थाका प्रतिनिधि, व्यवसायीका साथै भारत, चीन, भुटान, श्रीलंका, थाइल्यान्ड, म्यानमार, कोरियालगायत एक दर्जनभन्दा बढी मुलुकका भिक्षु, टुर अपरेटर, बुद्धिस्ट एसोसिएसनका प्रतिनिधि, नेसनल टुरिजम काउन्सिलका प्रतिनिधिलगायत व्यक्तिको सहभागिता रहने नाट्टाका अध्यक्ष रमेश थापाले जानकारी दिए ।

लुम्बिनीको होटेल पवन प्यालेसमा हुने उक्त मार्टमा नेपाल र लुम्बिनी क्षेत्रको पर्यटन र सम्भावनाबारे प्रस्तुतिकरणका साथै ‘वि टु वि’ बैठक हुने अध्यक्ष थापाले बताए ।

मार्टमा देश र विदेशका २०० भन्दा बढी प्रतिनिधिको सहभागिता रहनेछ । उक्त मार्ट सम्पन्न गर्नका लागि एक करोड ६० लाख रुपैयाँ हाराहारीमा खर्च हुने आयोजकले जनाएको छ ।

तीन दिनसम्म चल्ने मार्टको लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले उद्घाटन गर्ने कार्यक्रम तय भएको जनाइएको छ । 

प्रकाशित मिति: मंगलबार, वैशाख २६, २०८०  १०:३७
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार