नेभिगेशन
अटोमोबाइल्स

बर्दघाटमा एभरेष्ट बैंकको शाखा विस्तार

काठमाडौं–एभरेष्ट बैंक लिमिटेडले नवलपरासी (पश्चिम) मा आफ्नो १२५ औं शाखा विस्तार गरेको छ ।

शाखाको उद्घाटन नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य तथा नवलपरासी पश्चिमका जिल्ल्ला सभापती केशव प्रसाद भण्डारी र बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले संयुक्त रुपमा गरेका छन् । 

उद्घाटन समारोहमा सशस्त्र प्रहरी बल नवलपरासी पश्चिमका प्रहरी वरिष्ठ उपरिक्षक किरण बस्नेत, बर्दघाट नगरपालिका –४ का वडाअध्यक्ष वेधविना तिवारी, इलाका प्रहरी कार्यालय बर्दघाटका प्रहरी निरिक्षक विरेन्द्र के.सी., बैंकका लुम्बिनी प्रदेशका प्रादेशिक–प्रवन्धक लवप्रसाद कुईकेलका साथै बैंकका बजार तथा संस्थागत निक्षेप विभाग प्रमुख पुष्पराज उप्रेतीलगायतको उपस्थिति थियो । 

उद्घाटन समारोहमा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य तथा नवलपरासी पश्चिमका जिल्ला सभापती केशव प्रसाद भण्डारीले बर्दघाटमा एभरेष्ट बैंकको आगमनले सर्वसाधरणको वित्तीय पहुँच अझ सहज तथा सुलभ हुने बताए ।

बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ्गले बर्दघाट र सो आसपासका बासिन्दाहरुलाई अत्याधुनिक तथा गुणस्तरीय बैंकिङ्ग सेवा प्रदान गराउने प्रतिवद्धता जनाए ।

यो सँगै लुम्बिनी प्रदेशमा बैंकको शाखा संख्या २२ पुगेको छ ।

पंजाब नेशनल बैंक भारतसँग संयुक्त साझेदार रहेको तथा स्थापनाकालदेखि नै ग्राहकहरुको पहिलो रोजाइको यस बैंकमा हालसम्म करिब १३ लाख भन्दा बढी सन्तुष्ट ग्राहकहरु छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अटोमोबाइल्स