सामूदायिक दृढताका लागि कोका–कोलाको नयाँ वाटर स्टेवार्डशिप परियोजना
काठमाडौं–वाटर स्टेवार्डसिपको एउटा हिस्साको रूपमा कोका–कोला बेभरेज नेपालले बालाजु पार्कको बाइसधाराको पुनरुत्थान र वाश प्रणालीका साथै पोखरा र भरतपुरमा रेन वाटर हार्वेस्टिङ र ग्राउन्ड वाटर रिचार्ज परियोजनाहरू सहित २०२३–२०२४ का लागि ४ नयाँ परियोजनाहरू ल्याएको छ ।
यी पानी भण्डारण परियोजनाहरू कोका–कोलाको २०३० जल सुरक्षा रणनीतिप्रतिको बलियो प्रतिबद्धताको समर्थनमा पानीको पुनःपूर्तिको सन्दर्भ–आधारित दृष्टिकोण, स्मार्ट पानीका लागि नीतिहरूको वकालत, र हाम्रा सञ्चालन र आपूर्तिहरूमा जिम्मेवार पानीको प्रयोग मार्फत पानी सुरक्षा बढाउनमा केन्द्रित छन् ।
कोका–कोला बेभरेज नेपालले वाटरएड नेपालको प्राविधिक सहयोगमा सेन्टर फर इन्टिग्रेटेड अर्बन डेभलपमेन्टसँग बाइसधारा–बालाजु पार्कमा रहेका सुकेका ढुङ्गे धाराहरूलाई पुनःप्रयोगमा ल्याउन मद्दत गर्न ग्राउन्ड वाटर रिचार्ज परियोजनाको लागि साझेदारी गरेको छ ।
परियोजनामा रिचार्ज ट्रेन्च (रेन गार्डेन), २१ वटा रिचार्ज इनार, ढलान संरक्षण र सतह÷सतह भन्दा मुनि ड्रेनेजको काम समावेश छ । परियोजनाले वन र पार्क क्षेत्रबाट वार्षिक ३० हजार के.एल पानी पुनःपूर्ति गर्ने लक्ष्य राखेको छ जसले शहरी पानीको बढ्दो मागलाई सम्बोधन गर्न मद्दत गर्नेछ । यस संयुक्त प्रयास मार्फत परियोजनाले परिधीय क्षेत्रहरूको भूजल तालिका कायम राख्न सहयोग पु¥याउन मात्र नभई द्रुत शहरीकरणका कारण समुदायहरूलाई तीव्र पानीको अभावको सामना गर्न मद्दत गर्न सक्ने पहलहरूका प्रकारहरूको बारेमा समुदाय र स्थानीय अधिकारीहरूलाई सचेत गराउन पनि मद्दत पु¥याउने छ ।
वाटरएड नेपालकी कन्ट्री डाइरेक्टर, तृप्ति राईले भनिन्, ‘सबैका लागि खानेपानी र सरसफाइको उपलब्धता र दिगो व्यवस्थापन सुनिश्चित गर्ने दिगो विकासको लक्ष्य ६ को प्रतिबद्धता र लक्ष्यहरू पूरा गर्ने प्रगतिलाई गति दिन साझेदारी र सहकार्य आवश्यक छ । आविष्कारहरू र महत्वपूर्ण पहलहरू जस्तै कोका–कोला प्रणालीद्वारा वाटर स्टेवार्डसिपलाई ड्राइभ गर्ने समर्थनले हामीलाई हाम्रो लक्ष्यको नजिक पुग्न मद्दत पुर्याउने छ ।’
विद्यालयहरुमा स्वच्छ खानेपानी तथा हात धुने सुविधा प्रदान गर्न कम्पनीले यस वर्ष दुई छुट्टाछुट्टै परियोजनाका लागि स्प्लाश नेपालसँग साझेदारी गरेको छ । पहिलो परियोजना, पोखराको सैनिक आवासीय महाविद्यालयमा हुनेछ जहाँ खानेपानी र हात धुने स्टेशनहरू स्थापना गरिनुको साथै रेन वाटर हार्वेस्टिङ प्रणालीले १३०० भन्दा बढी विद्यार्थी, शिक्षक तथा आवासीय क्याम्पसमा बस्ने प्रशासनिक कर्मचारीहरूको करिब आधा जस्तो माग पुर्याउन सक्ने अनुमान गरिएको छ ।
त्यसैगरी स्प्लाश नेपालसँगको अर्को परियोजना भरतपुरका ४ विभिन्न स्थानका चारवटा सामुदायिक विद्यालयमा वर्षाको पानी संकलन प्रणाली स्थापना गरि विद्यालय जाने बालबालिकालाई स्वच्छ खानेपानी उपलब्ध गराउने छ । काठमाडौंमा स्प्लास नेपालले बालाजु औद्योगिक क्षेत्रको चाइल्ड केयर फसिलिटी भित्र पिउने पानीको फिल्टर युनिट स्थापना गर्न मद्दत गर्नेछ ।
एकीकृत जलस्रोत व्यवस्थापन मार्फत कोका–कोलाले वर्षाको पानी संकलन, भूमिगत पानी रिचार्ज र ताल पुनर्स्थापनाका परियोजनाहरूमा विभिन्न संस्थाहरूसँग साझेदारी गर्दछ ।
पछिल्लो एक दशकमा, कोका–कोला बेभरेज नेपालले ८ वटा वाटर स्टेवार्डशिप परियोजनाहरू पूरा गरेको छ र यो २०२३ मा पाइपलाइनका ४ परियोजनाहरू रहेका छन् ।