Nic Ad Nic Ad
Nic Ad Nic Ad

विराटनगरमा एनसेल कन्सर्ट हुने

मंगलबार, वैशाख २६, २०८०

काठमाडौं –एनसेल आजियाटा लिमिटेडले विराटनगरको हाटखोला मैदानमा जेठ १३ गते कन्सर्ट गर्ने भएको छ । कार्यक्रममा चर्चित कलाकार तथा सांगीतिक समूहका प्रस्तुतीहरु रहने छन् ।

विदेशमा रहेका युवाका लागि नेपालमा रहेका आफन्तजनसँग सांगीतिक कार्यक्रम मार्फत खुसी साटासाट गर्ने उद्देश्यका साथ एनसेलले यो सांगीतिक कार्यक्रमको आयोजना गर्न लागेको हो ।

कार्यक्रममा चर्चित गायकगायिकाहरु दिपक बज्राचार्य र रिदम ब्यान्ड, आषिश राना (लाउरे), शिव परियार, द एलिमेन्ट्स, अस्मिता अधिकारी, सुनिल पण्डित, कलाकार केकी अधिकारीलगायतको प्रस्तुती रहनेछ । यो कन्सर्ट एनसेलको फेसबुक पेजबाट लाइभ हुनेछ ।

यस कन्सर्टमा सहभागी हुन इच्छुक दर्शकले नजिकैको एनसेल सेन्टर वा आधिकारिक बिक्रेताको एनसेल पसल एपबाट अन्तर्राष्ट्रिय कलिङ्ग प्याक, सहयात्री सिम खरिद वा ब्यालेन्स रिचार्ज गरि यस कन्सर्टको टिकट निःशुल्क पाउन सक्छन् ।

वैदेशिक रोजगारीमा जाने योजनामा रहेका नेपाली र उनीहरुका परिवारका सदस्यहरुलाई ध्यानमा राखी एनसेलले आकर्षक बन्डल सेवा, बोनस सुविधा र रोमिङ्का साथ ‘सहयात्री सिम’ स्टार्टर प्याक उपलब्ध गराउँदै आएको छ । यसैगरी कम्पनीले विदेशका रहेका आफ्ना परिवारसँग सुलभदरमा सम्पर्कमा रहिरहन विभिन्न भ्वाइस प्याकहरु पनि उपलब्ध गराउँदै आएको छ ।

कार्यक्रममा सहभागी हुनका लागि अन्तर्राष्ट्रिय कलिङ्ग प्याक, सहयात्री सिम खरिद वा ब्यालेन्स रिचार्ज गरि निःशुल्क टिकट लिन एनसेलले ग्राहकहरुलाई आह्वान गरेको छ ।

प्रकाशित मिति: मंगलबार, वैशाख २६, २०८०  १४:५५
प्रतिक्रिया दिनुहोस्