विश्वप्रकाशको १५ वर्षे परिकल्पना : भिजन–१५ (११ बुँदासहित)
काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री तथा सांसद विश्वप्रकाश शर्माले ‘देशलाई कहाँ पु¥याउने’ भन्दै १५ वर्षे परिकल्पनासहितको सुझाव प्रस्तुत गरेका छन् ।
आगामी २०९५ सालसम्म देशलाई कहाँ पु¥याउने भनेर आफ्नो भिजन प्रस्तुत गरेका शर्माले देशको लक्ष्य हासिल गर्न सत्तापक्ष र प्रतिपक्षबीच मतभेद नभएर सहकार्य हुनुपर्ने बताएका छन् ।
‘अबको १५ वर्ष अर्थात २०९५ मा पुग्दा एउटा नेपालीको घर, परिवार र वातावरण यस्तो हुनुपर्छ, आउनुहोस् खुला छलफल गरौं अनि निर्माण गरौं साझा संकल्प र साझा सपना निर्माण गरौँ’ विश्वप्रकाशले भनेका छन् ।
शर्माको भिजन–१५
१) हरेक नेपालीको एउटा प्रविधियुक्त घर होस् ।
२) जीवन निर्वाहको जुनै क्षेत्र अँगाले पनि आत्मसम्मानको सामाजिक वातावरण प्राप्त होस् ।
३) निश्चित रोजगारी, व्यवसाय वा लगानी कम्तीमा एक सुनिश्चित होस् ।
४) आफ्नै देशको अग्र्यानिक उत्पादन भान्सामा होस् ।
५) स्वास्थ उपचारका लागि बिमा अनि निकट दुरीमा अत्यावश्यक उपचारको उपलब्धता होस् ।
६) रोजाइको पढाइ निःशुल्क प्राप्ति या आर्थिक योगदान गर्न सक्ने अवस्था होस् ।
७) पर्यावरण रक्षासहितको भौतिक विकास प्राप्त होस् ।
८) साहित्य, संगीत, सिनेमा, खेलकुद आदिका माध्यमद्वारा देशले निरन्तर प्रतिष्ठा हासिल गरिरहेको स्थिति प्राप्त होस् ।
९) विभेद, हिंसा र अन्य कुनै पनि सामाजिक विसंगतिबाट मुक्त समाजको सदस्य हुँ भन्ने गौरव प्राप्त होस् ।
१०) विवशताको आँसु बगाउँदै कसैले देश छोड्न नपरोस्, विश्वभर छरिएको नेपाली डायस्पोराको सीप, पुँजी र भावना निरन्तर नेपालसँग गाँसिइरहने स्थिति बनोस् ।
११) पर्याप्त सुख नभए पनि खुसी पारिवारिक जीवनको आत्मसन्तोष साथमा होस् ।