नेभिगेशन
समाज विविध
आजको मौसम :

तीन प्रदेशका पहाडी भागमा चट्याङसहित वर्षा, लुम्बिनीमा हावाहुरीको सम्भावना

काठमाडौँ– आज दिउँसो देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मौसम आंशिक बदली देखि सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

कोसी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन-चट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ । 

लुम्बिनी प्रदेशका तराई भू–भागका केही स्थानमा सामान्य हावाहुरीको सम्भावना रहेको छ ।

यस्तै, राति देशको पहाडी भू–भागका आंशिक बदली रही बाँकी भागमा मौसम सामान्यतया सफा रहने छ ।

गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन-चट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ ।


 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध

चन्द्रकला पौडेल सचिवमा बढुवा