नेभिगेशन
विश्व

पोर्न स्टारमाथि यौन दुर्व्यवहार प्रकरण : अमेरिकी पूर्वराष्ट्रपति ट्रम्प दोषी ठहर

पीडितलाई ५० लाख डलर क्षतिपूर्ति दिनुपर्ने

काठमाडौँ– एक अश्लील चलचित्रकी अभिनेत्री (पोर्न स्टार)माथि यौन दुर्व्यवहार प्रकरणमा अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प दोषी ठहरिएका छन् ।

उनलाई न्युयोर्कको सिभिल कोर्टले यौन दुर्व्यवहारमा दोषी ठहर्याएको हो ।

साथै उक्त अदालतले पीडितलाई क्षतिपूर्ति वाफत ५० लाख अमेरिकी डलर दिनुपर्ने फैसला सुनाएको छ ।

अमेरिकाका पूर्वराष्ट्रपति ट्रम्प गत महिना पक्राउ परेका थिए । 

न्ययोर्कस्थित म्यानहटन अदालतमा आत्मसमर्पण गरेपछि उनलाई प्रहरीले पक्राउ गरेको थियो ।

३४ वर्षीय पोर्न स्टार स्टोर्मी ड्यानियल्सले उनीमाथि यौन दुव्र्यवहारको आरोप लगाएकी हुन् । यौनसम्पर्क गरेको र त्यसलाई दबाउन राष्ट्रपतिका प्रत्यासी ट्रम्पले आफूलाई एक लाख ३० हजार अमेरिकी डलर दिएको अभियोग उनले लगाएकी छिन् । यो सन् २०१६ को राष्ट्रपतीय निर्वाचनअघिको घटना भएको उनको भनाइ छ ।

यद्यपि, ट्रम्पले आफूमाथि लागेका आरोप अस्वीकार गर्दै आएका थिए ।

आपराधिक आरोपको सामना गर्ने ट्रम्प अमेरिकाका पहिलो राष्ट्रपति हुन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप विश्व

पोप फ्रान्सिसको निधन