रियल र सिटीले बराबरी खेले
काठमाडौँ– युरोपियन च्याम्पियन्स लिग फुटबलमा साविक विजेता रियल म्याड्रिड र इंग्लिस क्लब म्यानचेस्टर सिटीले बराबरी खेलेका छन् ।
मंगलबार राति सेमिफाइनलको पहिलो लेगमा दुवै टोलीले १–१ गोलको बराबरी खेलेका हुन् ।
घरेलु मैदान स्यान्टियागो बर्नबेऊमा स्पेनिस क्लब रियलले सुरुवाती अग्रता बनाएको थियो । खेलको ३६ औं मिनेटमा भिनिसियस जुनियरले गोल गर्दै रियललाई अघि बढाएका थिए ।
खेलको ६७ औं मिनेटमा केभिन डी ब्रुएनेले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए ।
दुवै टोलीले पहिलो लेगमा बराबरी खेल्दै फाइनल प्रवेशको सम्भावनालाई जीवितै राखेका छन् ।
अर्को बुधबार रियल दोस्रो लेग खेल्न म्यानचेस्टर जानेछ । उक्त खेल जसले जित्यो उही फाइनलमा पुग्नेछ ।
प्रकाशित मिति: बुधबार, वैशाख २७, २०८० ०८:३८
प्रतिक्रिया दिनुहोस्