भारतका ५०० हलमा ‘परस्त्री’ रिलिज हुने
काठमाडौं –भारतका सिनेमा हलमा नेपाली कथानक चलचित्र ‘परस्त्री’ रिलिज हुने भएको छ । भारतको पीभीआर सिनेमाज कम्पनीले हिन्दी भाषामा डबिङ गरिएको ‘परस्त्री’ रिलिज गर्न लागेको हो ।
पीभीआरले ५ सयवटा हलमा ‘परस्त्री’ रिलिज गर्न लागेको निर्देशक सुरज पाण्डेले जानकारी दिए । सिनेमा भारतमा जुन ३० (असार १५ गते) रिलिज हुनेछ । ‘परस्त्री’को हिन्दी डबिङ भइसकेको छ । चलचित्रको डिष्टिब्युटर कट, ट्रेलर र पोष्टर हेरेर पीभीआरले सिनेमाको हल रिलिज गर्ने निर्णय गरेको हो ।
प्रकाशित मिति: बुधबार, वैशाख २७, २०८० १२:०९
प्रतिक्रिया दिनुहोस्