Nic Ad Nic Ad
Nic Ad Nic Ad

भुटानी शरणार्थी प्रकरणको अनुसन्धान दबाव र प्रभावबाट मुक्त हुनुपर्छ : गगन थापा

बुधबार, वैशाख २७, २०८०

काठमाडौं–नेपाली कांग्रेसका महामन्त्री तथा प्रतिनिधिसभा सदस्य गगन थापाले नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धानलाई दबाव र प्रभावबाट मुक्त राख्नु पर्ने बताएका छन् ।

बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै महामन्त्री थापाले नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने ठगी प्रकरणमा जो सुकै संलग्न भए पनि कारबाही हुनुपर्नेमा जोड दिए ।

‘यस प्रकरणमा संलग्न जो भएपनि कारबाहीको दायरामा ल्याउनु पर्छ । यो प्रकरण प्रभावित नहोस्, दबाव नहोस्’, उनले भने ।

अनुसन्धान स्वच्छ, स्वस्थ र निष्पक्ष हुनुपर्ने भन्दै महामन्त्री थापाले सरकारले यस प्रकरणमा दह्रोसँग खुट्टा टेक्नुपर्ने बताए ।

उनले भने, ‘यो प्रकरणमा सरकारले दह्रोसँग खुट्टा टेक्यो भने यो भन्दा अगाडि उसले सुशासनको नारा लगाउन सक्छ, तपाईको फिल्म चल्छ, हाउसफुल हुन्छ, नभए हल खाली हुन्छ ।’

यो प्रकरणमा सरकारको कामकारबाहीलाई सबैले हेरिरहेको भन्दै नागरिकलाई अनुसन्धानमा विश्वास हुने गरी काम गर्नुपर्ने महामन्त्री थापाले बताए ।

प्रकाशित मिति: बुधबार, वैशाख २७, २०८०  १३:३१
प्रतिक्रिया दिनुहोस्