Nic Ad Nic Ad
Nic Ad Nic Ad

टोपबहादुर रायमाझी एमालेबाट निलम्बित [विज्ञप्तिसहित]

बुधबार, वैशाख २७, २०८०

काठमाडौं–नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी पार्टीबाट निलम्बनमा परेको छ । 

एमालेले बुधबार विज्ञप्ति जारी गरी पूर्वउपप्रधानमन्त्री समेत रहेका सचिव रायमाझीलाई पार्टीबाट निलम्बन गरेको हो ।

एमाले महासचिव शंकर पोखरेलले जारी गरेको विज्ञप्तिमा राज्यले गर्ने अनुसन्धानमा सहयोग पुगोस् भनेर अनुसन्धान र कानुनी कारबाही प्रक्रिया अन्तिम टुंगो नलागेसम्म रायमाझीलाई निलम्बन गरिएको जनाइएको छ ।

मंगलबार बसेको सचिवालय बैठकले रायमाझीलाई आत्मसमर्पण गर्न निर्देशन दिएको थियो । रायमाझी अहिले फरार छन् 

प्रहरीको प्रारम्भिक अनुसन्धानले उनलाई नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाउने योजनाका मुख्य योजनाकारमध्ये एक भएको निष्कर्ष निकालेको छ । रायमाझीका छोरा सन्दीपरुपन्देहीमा पक्राउ परेका थिए ।

रायमाझी सम्पर्कविहीन बनेकै साँझ प्रहरीले उनका छोरा सन्दीपलाई बुटवलबाट पक्राउ गरी काठमाडौं ल्याइसकेको छ । रायमाझीका बाबुछोरा नै शरणार्थी ठगी प्रकरणमा मुछिएका छन् । 

top-nilamban1683706692.png


 

प्रकाशित मिति: बुधबार, वैशाख २७, २०८०  १४:०१
प्रतिक्रिया दिनुहोस्