Nic Ad Nic Ad
Nic Ad Nic Ad

कांग्रेस नेताहरूले भेटे गृहमन्त्री, दबाब र प्रभावमा नपर्न आग्रह

बुधबार, वैशाख २७, २०८०

काठमाडौं–नक्क्ली शरणार्थी प्रकरण उत्कर्षमा पुगिरहँदा नेपाली कांग्रेसका नेताहरूले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई भेटेका छन् । 

नक्कली भुटानी शरणार्थी प्रकरणमा आफ्नै दलका नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँण पक्राउ परेकै दिन उनीहरू गृहमन्त्री श्रेष्ठलाई भेटेका हुन् ।

भेटमा सहभागि नेता रञ्जित कर्णका अनुसार आफूहरुले गृहमन्त्रीलाई कुनै दबाब र प्रभावमा नपर्न आग्रह गरेको उनले जानकारी दिए ।

कांग्रेस नेताहरूले निष्पक्ष रूपमा अनुसन्धान प्रक्रिया अगाडि बढाएर दोषीमाथि कारबाही गर्न सुझाव दिए । उनीहरुले सरकारले नक्कली भुटानी शरणाथी प्रकरणमा चालेको कदम प्रति आफूहरुको ऐक्यवद्धता रहेको पनि बताए ।

जवाफमा गृहमन्त्री श्रेष्ठले आफूलाई कुनै पनि दबाब नआएको  र दोषीलाई कारबाही गरिछाड्ने बताएको उनले जानकारी दिए ।  गृहमन्त्री श्रेष्ठले कांग्रेसका नेताहरुको साथले हौसला बढेको बताए ।

गृहमन्त्री श्रेष्ठले कांग्रेसका नेताहरूसँग नक्कली शरणार्थी प्रकरणमा संलग्न जुन सुकै घराना र साइनोका भए पनि आफू प्रभावित नहुने पनि बताए ।

भेटमा कांग्रेस केन्द्रीय सदस्य मधु आचार्य, केन्द्रीय सदस्य डा गोविन्द पोखरेल, युवा नेताहरू गुरुराज घिमिरे, रञ्जित कर्ण, भुपेन्द्रजंग शाही, विनोद कायस्थलगायत सहभागी थिए ।

प्रकाशित मिति: बुधबार, वैशाख २७, २०८०  १६:११
प्रतिक्रिया दिनुहोस्