Nic Ad Nic Ad
Nic Ad Nic Ad

खाँण श्रीमती मञ्जु सम्पर्कविहीन, संसद बैठकमा अनुपस्थित

बुधबार, वैशाख २७, २०८०

काठमाडौ–आफ्ना पति बालकृष्ण खाँण पक्राउ परेपछि मञ्जु खाँण सम्पर्कविहीन भएकी छन् । उनी नेपाली कांग्रेसकी समानुपातिक सांसदसमेत हुन् । 

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वगृहमन्त्री खाँणलाई बुधबार उनकै चावहिलस्थित निवासबाट पक्राउ गरेको हो । खाँण पक्राउ परेपछि मञ्जु सम्पर्कविहीन भएकी हुन् । प्रहरीले खाँणका सहयोगी नरेन्द्र केसीलाई पनि पक्राउ गरेको छ ।

मञ्जुको मोबाइल फोन बन्द छ भने उनी बुधबार संसद बैठकमा पनि अनुपस्थित भएकी हुन् । प्रतिनिधिसभामा सरकारका नीति तथा सिद्धान्तमाथि छलफल चलिरहँदा उनी अनुपस्थित भइन् । खाँण पक्राउ परेपछि यस प्रकरणमा नाम मुछिएकी मञ्जु संसद् बैठकमा उपस्थित भइनन् । यस्तै, सोही प्रकरणमा नाम जोडिएकी कांग्रेस सभापति शेरबहादुर देउवापत्नी आरजु पनि संसद् बैठकमा अनुपस्थित भइन् ।

नक्कली शरणार्थी प्रकरणमा मञ्जुले पनि साढे ६ करोड रुपैयाँ बिचौलियाबाट लिएको अडिओ सार्वजनिक भएको छ । 

उनीसँगै कांग्रेस सभापति शेरबहादुर देउवा पत्नी आरजु राणाले पनि अढाई करोड रुपैयाँ बुझेको विवरण अडिओमा भनिएको छ ।

प्रकाशित मिति: बुधबार, वैशाख २७, २०८०  १६:२३
प्रतिक्रिया दिनुहोस्