शरणार्थी प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै भद्रकालीमा प्रदर्शन [तस्बिर कथा ]
काठमाडौँ– नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्नलाई कारबाहीको माग गर्दै काठमाडौँको भद्रकालीमा प्रदर्शन गरिएको छ । बृहत् नागरिक आन्दोलनले बुधबार दिउसो भद्रकालीमा प्रदर्शन गरेको हो।
प्रदर्शनमा सहभागीहरूले ‘नक्कली भुटानी शरणार्थीको काण्डको सक्कली छानबिन होस्, खोई कर, भ्रष्टाचारको पेटमा, मानव तस्करीको दश हात, जस्ता नारा लेखिएका प्लेकार्ड बोकेका थिए।
नक्कली भुटानी शरणार्थी प्रकरणमा नेपाली कांग्रेस र नेकपा एमालेका उच्च तहका नेताहरू मुछिएका छन्। ठूला नेताहरू मुछिएकाले यो प्रकरणको प्रभावकारी छानबिन गर्न दबाब दिनका लागि प्रदर्शन गरिएको हो।
प्रकाशित मिति: बुधबार, वैशाख २७, २०८० १७:२०
प्रतिक्रिया दिनुहोस्