Nic Ad Nic Ad
Nic Ad Nic Ad

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका खाँणबारे कांग्रेसले आज निर्णय लिने

बिहीबार, वैशाख २८, २०८०

काठमाडौँ– आफ्ना नेता बालकृष्ण खाँण नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेपछि नेपाली कांग्रेसले बुधबार आकस्मिक रुपमा पदाधिकारी बैठक बोलाएको थियो ।

सभापति शेरबहादुर देउवाले धुम्बाराहीस्थित निवासमा बोलाएको आकस्मिक बैठक करिब ३ घण्टासम्म चलेको थियो । 

बैठकमा बुधबारै पक्राउ परका खाँणका बारेमा छलफल भएको एक पदाधिकारीले जानकारी दिए । उनका अनुसार कुनै निर्णय नभएकोले आज फेरि बैठक बसेर खाँणका बारेमा निर्णय लिने छलफल भएको थियो ।

बैठकपछि नेताहरूले पत्रकारलाई प्रतिक्रिया दिन चाहेनन् । बैठक चलिरहेको समयमा देउवा निवासमा पत्रकारलाई प्रवेश गर्न रोक लगाइएको थियो ।

यद्यपि, बैठकमा उपसभापति धनराज गुरुङ,  महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश शर्मा लगायतले पार्टीका केन्द्रीय सदस्य खाँणलाई निलम्बन गर्नेपर्नेमा जोड दिएका थिए । सहमहामन्त्री महेन्द्र यादवले भने खाँणलाई षड्यन्त्रपूर्वक पक्राउ गरिएको भन्दै लोकतन्त्रमाथि खतरा रहेको बताएका थिए ।

बुधबार बिहान पक्राउ परेका पूर्वगृहमन्त्री खाँणलाई जिल्ला अदालत काठमाडौँले अनुसन्धानका लागि थुनामा राख्न ४ दिन म्याद अनुमति दिएको छ ।
 

प्रकाशित मिति: बिहीबार, वैशाख २८, २०८०  ०६:३१
प्रतिक्रिया दिनुहोस्