Nic Ad Nic Ad
Nic Ad Nic Ad

‘जिउँदा सहिद’ मुकेश कायस्थको निधन

बिहीबार, वैशाख २८, २०८०

काठमाडौँ– ‘जिउँदा सहिद’ उपनामले परिचित मुकेश कायस्थको निधन भएको छ ।

उनको बनेपास्थित शिर मेमोरियल अस्पतालमा उपचारको क्रममा बुधबार साँझ निधन भएको हो ।

२०६२–६३ को जनआन्दोलनमा प्रहरीको गोली लागेर कायस्थ घाइते भएका थिए । त्यो बेला उनी १४ वर्षका मात्र थिए । घाइते भएदेखि ओछ्यान परेको उनको अहिले ३२ वर्षको उमेरमा निधन भएको हो । 

उनको आज अन्तिम संस्कार गरिने मुकेश कायस्थ प्रतिष्ठानले जनाएको छ ।

कायस्थ काभ्रेपलाञ्चोकका स्थायी बासिन्दा थिए । 

प्रकाशित मिति: बिहीबार, वैशाख २८, २०८०  ०६:४३
प्रतिक्रिया दिनुहोस्