सुनको मूल्य बढेन, चाँदीको घट्यो
काठमाडौं– बिहीबार सुनको मूल्य स्थिर छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला एक लाख ११ हजार ६०० रुपैयाँमा करोबार भएको छ ।
बुधबार पनि छापावाल सुन प्रतितोला एक लाख ११ हजार ६०० रुपैयाँमै कारोबार भएको थियो । तेजाबी सुन प्रतितोला एक लाख ११ हजार ५० रुपैयाँमा कारोबार भएको छ ।
यस्तै, चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेर कारोबार भएको छ । चाँदी प्रतितोला एक हजार ४३० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रकाशित मिति: बिहीबार, वैशाख २८, २०८० ११:४४
प्रतिक्रिया दिनुहोस्