एमाले केन्द्रीय कमिटी बैठक सुरु [तस्बिरसहित]
काठमाडौं– एमालेको केन्द्रीय कमिटीको बैठक सुरु भएको छ । बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा सुरु भएको हो । बैठकमा अध्यक्ष छुट्टाछुट्टै १३ वटा प्रतिवेदन पेश हुनेछ ।
तीन दिनसम्म चल्ने बैठकबाट विभिन्न १० वटा कार्यसूचीमा छलफल गरी निर्णय गर्ने तयारी एमलेले गरेको छ ।
बैठकको सुरुमा अध्यक्ष केपी ओलीले समसामयिक राजनीतिक प्रतिवेदन पेस गर्नेछन् भने ग्रासरुट अभियान अन्र्तगत नौ वटा प्रतिवेदन पेस हुनेछन् ।
मिसन ग्रासरुट अभियानका लागि सातै प्रदेशमा एमालेले गठन गरेको अभियानका प्रदेश सयोजक रहेका पार्टी सचिवहरुले आ–आफ्ना प्रदेशको प्रतिवेदन पेस गर्नेछन् ।
एमाले केन्द्रीय कमिटीमा ३३५ (दुई निलम्बित) सदस्य, ४ जना केन्द्रीय निकायका अध्यक्ष र ९ जना प्रदेश कमिटी अध्यक्ष (दुई गैरभौगोलिक) हरु सहभागी छन् ।
प्रकाशित मिति: बिहीबार, वैशाख २८, २०८० १२:३४
प्रतिक्रिया दिनुहोस्