टोंगामा ७.६ म्याग्निच्युडको भूकम्प
नुकुअलोफा– टोंगामा ७-६ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भू-गर्भ सर्वेक्षणले उल्लेख गरेको छ।
टोंगाको हिहिफोबाट ९५ किलोमिटर पश्चिम उत्तरपश्चिममा भूकम्प गएको हो । भूकम्प १६-०२ मा र २१०-१ किलोमिटरको गहिराइमा गएको थियो।
अमेरिकी सुनामी चेतावनी प्रणालीले भूकम्पपछि सुनामीको चेतावनी नरहेको बताएको छ ।
अहिलेसम्म कुनै हताहतीको खबर आएको छैन । यसबारे थप विवरण आउँन बाँकी छन्।
प्रकाशित मिति: बिहीबार, वैशाख २८, २०८० १३:०९
प्रतिक्रिया दिनुहोस्