Nic Ad Nic Ad
Nic Ad Nic Ad

‘हल्कारा’को ग्रान्ड प्रिमियर

बिहीबार, वैशाख २८, २०८०

काठमाडौं –शुक्रबार रिलिज हुने नेपाली चलचित्र ‘हल्कारा’को काठमाडौँमा ग्रान्ड प्रिमियर शो सम्पन्न भएको छ । बानेश्वरस्थित वन सिनेमाजमा करिब चार सय व्यक्त माझ प्रिमियर गरिएको हो । उक्त शोमा प्रतिनिधि सभा सदस्यहरु रघुजी पन्त, ज्ञानेन्द्र शाही, एमाले नेता प्रदीप ज्ञवाली लगायत चलचित्रकर्मीहरु तथा पत्रकारहरुले चलचित्र हेरेका छन् ।

चलचित्रबारे प्रतिक्रिया दिँदै सहभागीले नेपाली चलचित्रको इतिहासका लागि परिपक्व चलचित्र थपिएको बताए । हरेक घरमा भएको कथा ‘हल्कारा’ले सुन्दर तवरले व्यक्त गरेको उनीहरूको प्रतिक्रिया थियो । 

गत वर्ष ५५औँ वल्र्ड फेस्ट ह्युस्टन इन्टरनेशनल फिल्म फेस्टिभल २०२२ मा यो चलचित्रले उत्कृष्ट चलचित्रसँगै महेश त्रिपाठीलाई उत्कृष्ट अभिनेता र चिन्तन राजभण्डारीलाई उत्कृष्ट सिनेमाटोग्राफीको अवार्ड प्राप्त भएको थियो ।

यो चलचित्र कालीपार स्टुडियो निर्माण र आइसफल प्रोडक्सनको सहकार्यमा बनेको हो । हरेक घरको कथा, प्रवासी युवक र उसलाई पर्खेर बस्ने एक नारीको कथा बोल्ने यो चलचित्रले अन्य केही अन्तर्राष्ट्रिय महोत्सवहरूमा समेत सहभागिता जनाएको छ । नेपाल अमेरिका इन्टरनेशनल फिल्म फेस्टिभल २०२२ मा ‘बेस्ट लङ्ग न्यारेटिभ फिल्म’ बनेको थियो भने फ्लिकर रोड आईल्याण्ड इन्टरनेशनल फिल्म फेस्टिभल २०२२ मा सेमी फाईनलसम्म पुगेको थियो । त्यस्तै, युकेको कार्माथान वे फिल्म फेस्टिभल २०२२ मा अफिसियल सेलेक्सन भएको थियो ।

महेश त्रिपाठी र विनिता थापामगरको प्रमुख अभिनय गरेको यस चलचित्रका लेखक, निर्देशक तथा सम्पादक विक्रम सापकोटा हुन् । यसमा विप्लव प्रतीक र आकाश बरालले सह–लेखन गरेका छन् । महेश र विनिताको साथमा शारदा गिरी, रोशनी कार्की, पशुपति राई, उमेश तामाङ्ग, विद्या कार्की, प्रकाश दाहाल, विष्णुभक्त अधिकारी, दीपक क्षेत्री लगायतको अभिनय छ । यसमा ब्रुनो भ्यालेन्टीको ओरिजिनल म्यूजिक छ भने प्रोडक्सन साउण्ड ज्योती रानाको रहेको छ । कलरिस्ट लियोनार्डो क्यान्डियन हुन् ।
 

प्रकाशित मिति: बिहीबार, वैशाख २८, २०८०  १४:५६
प्रतिक्रिया दिनुहोस्