मधेश सरकार परिवर्तन हुनुपर्छ : महन्थ ठाकुर
जनकपुरधाम–लोकतान्त्रिक समाजवादी पार्टी लोसपाका अध्यक्ष महन्थ ठाकुरले मधेश प्रदेश सरकार परिवर्तन हुुनु पर्ने बताएका छन् । उनले नेतृत्व परिवर्तन भएर सरकारसमेत पुनर्गठन हुनुपर्नेमा जोड दिए ।
बिहीबार जनकपुरधाम विमानस्थलमा पत्रकारहरूसँगको कुराकानीमा अध्यक्ष ठाकुरले गठबन्धनको मर्मअनुसार अन्य प्रदेशहरूमा सरकारको नेतृत्व परिवर्तन भएसरह नै मधेश प्रदेशमा समेत सरकारको नेतृत्व र स्वरूप परिमार्जन हुनुपर्ने बताए ।
अध्यक्ष ठाकुरले मधेश प्रदेश सरकारको नेतृत्वमा लोसपाको समेत दाबी रहने बताए ।
गठन्धनको मर्मअनुसार मधेश सरकारको नेतृत्वमा अव लोसपाकै पालो हुनुपर्ने अध्यक्ष ठाकुरको भनाइ छ ।
उपनिर्वाचन अगाडि नै मधेश प्रदेशको सरकारका विषयमा दलहरुबीच सहमति भइसकेको भन्दै अध्यक्ष ठाकुरले त्यसैअनुसार मधेश सरकार परिवर्तन हुने जानकारी गराए ।
प्रकाशित मिति: बिहीबार, वैशाख २८, २०८० १५:१३
प्रतिक्रिया दिनुहोस्