Nic Ad Nic Ad
Nic Ad Nic Ad

विपद् पूर्वतयारीको कामलाई व्यवस्थित र प्रभावकारी ढंगले गर्न निर्देशन

शुक्रबार, वैशाख २९, २०८०

काठमाडौं –गृहमन्त्री नारायणकाजी श्रेष्ठले विपद् पूर्वतयारीको कामलाई व्यवस्थित र प्रभावकारी ढंगले गर्न निर्देशन दिएका छन् ।  

शुक्रबार विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकमा बोल्दै गृहमन्त्री श्रेष्ठले विपद् पूर्वतयारीको कामलाई व्यवस्थित र प्रभावकारी ढंगले अगाडी बढाउन निर्देशन दिएका हुन् ।

उनले पूर्वतयारीमा यथास्थितिवादी सोच र व्यवहार भएको भन्ने टिप्पणी आउने गरेको भन्दै आगामी दिनमा कुनैपनि कमी हुन दिनु नहुने बताए। उनले असावधानिका कारण, अकर्मण्यताका कारण वा निर्णय कार्यान्वयन गर्न नसकेका कारण पुरानै अवस्था दोहोरिएको आफूले सुन्न र हेर्न नपरोस् भनि सम्बन्धित निकायलाई सचेत गराए ।  

उनले भने, ‘सधैँ हाम्रो यथास्थितिवादी सोच र व्यवहार भयो भनेर टिप्पणी आउने गरेको छ । यद्यपी हामीले कानून, संरचनामा केही परिवर्तनहरु गरेका छौँ । तर त्यसले सकारात्मक दिशातिर अगाडी बढाएको छ । तर पनि पूर्वतयारीको कुरामा कमी भयो भन्ने कुरालाई गहिरो आत्मसात् गर्नु जरुरी छ । तयारीलाई व्यवस्थित ढंगले, प्रभावकारी ढंगले अगाडी बढाउनुपर्ने आवश्यकता छ । त्यसमा सम्बन्धित प्राधिकरण र सम्बन्धित अरु सबै निकायहरुले पनि राम्रोसँग ध्यान दिन म विशेष अनुरोध गर्न चाहन्छु । फेरि गर्नसक्ने तयारी पनि हाम्रो असावधानिका कारणले, समयमा निर्णय नगरेर अकर्मण्य बस्नाका कारणले वा निर्णयहरुलाई ठिक ढंगले कार्यान्वयन गर्ने प्रक्रियामा नलगेको कारणले उस्तै हो फेरि भन्नेकुरा हेर्न, सुन्न नपरोस् । म यसमा विशेष जोड दिन चाहन्छु ।’

प्रकाशित मिति: शुक्रबार, वैशाख २९, २०८०  १५:५२
प्रतिक्रिया दिनुहोस्