एसियन खेलका लागि प्रारम्भिक चरणमा ४६ महिला खेलाडीलाई बोलाइयो
काठमाडौँ–१९ औँ एसियन गेम्सका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ले ४६ खेलाडीलाई राष्ट्रिय महिला फुटबल टोलीको क्याम्पमा बोलाएको छ ।
शुक्रबार सार्वजनिक सूचीअनुसार प्रारम्भिक टोलीमा एन्जिला तुम्बापो सुब्बा, अन्जना राना मगर, उषा नाथ, कविता विके, अमृता जैशी, पूजा राना, सावित्रा भण्डारी, अनिता बस्नेतसहितका खेलाडी छन् ।
यसअघि चीनमा आयोजना हुने भनिएको १९औँ संस्करणको एसियाली खेलकुद (एसियन गेम्स) कोरोनाका कारण रोकिएको थियो ।
चीनको ह्वान्झाओमा हुने १९औँ एसियन गेम्स कोरोना महामारीका कारण २०२३ सम्मका लागि स्थगित भएको थियो । अब उक्त प्रतियोगिता हुने तय भएको छ ।
प्रकाशित मिति: शुक्रबार, वैशाख २९, २०८० १६:३१
प्रतिक्रिया दिनुहोस्