एमाले केन्द्रीय कमिटी बैठक : मिसन ग्रासरुट अभियानको समीक्षा
काठमाडौं–नेकपा एमालेको केन्द्रीय कमिटीको दोश्रो दिन शुक्रबार सबै प्रदेशले मिसन ग्रासरुट अभियानको समीक्षा प्रतिवेदन पेश गरेका छन् ।
शुक्रबार पार्टी कार्यालय च्यासलमा बसेको बैठकमा बागमती, पेशागत, सम्पर्क समन्वय, गण्डकी प्रदेशका तर्फबाट मिसन ग्रासरुट अभियानको समीक्षा प्रतिवेदन पेश गरिएको हो । यसअघि बिहीबार सुदूरपश्चिम, कर्णाली, कोशी प्रदेशको रिपोर्ट पेश गरिएको थियो ।
बैठकमा पेश भएको बिभिन्न प्रतिवेदनमाथि आठ वटा समूह बनाएर छलफल भएको प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए ।
बैठकको तेश्रो दिन शनिबार पार्टीको स्थायी कमिटी बैठक बसेर पार्टीको बार्षिक कार्ययोजनाको प्रस्ताव तयार गर्ने र त्यसपछि बस्ने केन्द्रीय कमिटी बैठकमा पेश हुने रिजालले बताए । एमालेलाई पहिलो शक्तिमा रुपन्तरण गर्ने गरि पार्टीले बार्षिक कार्यक्रम बनाएर अघि बढ्ने उनले बताए ।
बैठकमा केन्द्रीय सदस्यहरुले राखेका सुझावहरुलाई अंगिकार गरेर अघि बढ्ने उनले उल्लेख गरे ।