संघीयता खारेजीबारे पुनर्विचार गर्न एमाले नेता बस्नेतको सुझाव
काठमाडौँ -नेकपा एमालेको जारी केन्द्रीय कमिटी बैठकमा एमाले नेता महेश बस्नेतले संघीयताबारे पार्टीले पुनर्विचार गर्नुपर्ने प्रस्ताव छन् ।
मिसन ग्रासरुट अभियान अन्तर्गत सातै प्रदेशबाट पेस भएका प्रतिवेदनमा भएको समूहगत छलफलमा बागमती प्रदेश समूहबाट प्रतिनिधित्व गरेका बस्नेतले संघीयतामाथि पुनर्विचार गर्नुपर्ने र प्रत्यक्ष निर्वाचित सरकार प्रमुखको व्यवस्था गर्नुपर्ने सुझाव राखेका हुन् ।
‘संघीयताको पुनरावलोकन गरौं, शासकीय स्वरुपमा प्रत्यक्ष निर्वाचित सरकार प्रमुख बनाऊ र राजनीतिक स्थिरताका लागि दुई दलीय व्यवस्था अथवा ५ प्रतिशत थ्रेसहोल्डको व्यवस्था गरौं’, बस्नेतले सुझावमा भनेका छन् ।
उनले युवाहरुको आधारभूत आवश्यक्ता पुरा गराउन शिक्षा, स्वास्थ्य, रोजगारी र उद्यमशीलताको विकास हुने गरी निर्वाचित जनप्रतिनिधिहरुलाई खटाउने र पार्टी कमिटी पनि सोही उद्देश्य पुरा गर्नु पर्ने सुझाव दिएका छन् ।
साथ्र बस्नेतले पार्टी नेता र जनप्रतिनिधिहरुको सम्पति विवरण सार्वजनिक गर्नु पर्ने, शासकीय स्वरुप प्रत्यक्ष निर्वाचित सरकार प्रमुख बनाउनु पर्ने सुझाव दिएका छन् ।