परराष्ट्रमन्त्री साउद र भारतीय समकक्षीबीच ढाकामा भेटवार्ता
काठमाडौं–परराष्ट्रमन्त्री एनपी साउद र भारतीय समकक्षी एस जयशकंरबीच भेटवार्ता भएको छ । छैटौं हिन्द महासागर सम्मेलनमा सहभागी हुन बंगलादेशको राजधानी ढाका पुगेका परराष्ट्रमन्त्री साउद र जयशंकरबीच साइडलाइन वार्ता भएको हो ।
भारतीय विदेशमन्त्री जयशंकरले पहिलो बैठक मन्त्री साउदसँग भएको जानकारी दिएका छन् । उनले मन्त्री साउदलाई नयाँ जिम्मेवारीको लागि बधाई ज्ञापन गरेका थिए ।
बैठकमा द्विपक्षीय हितका विषयमा छलफल भएको थियो । उनले दुई देशबीच निरन्तर विस्तार भइरहेको साझेदारी र ऊर्जा, कनेक्टिभिटीलगायत विषयमा छलफल भएको जानकारी दिए ।
प्रकाशित मिति: शुक्रबार, वैशाख २९, २०८० २०:३०
प्रतिक्रिया दिनुहोस्